Logo

कर्पोरेट फोकस

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटलबीच नगदरहित सेवा सम्झौता 



आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Hospital for Advanced Medicine & Surgery (HAMS) बिच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त सकिने बताए ।  

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १२ : ३३ बजे