Logo

अर्थ

मंगलबार १२ सय बढेको सुनको मूल्य बुधबार १६सय घट्यो



काठमाडाैं । मंगलबार एक हजार २ सयले बढेको सुनको मूल्य बुधबार एकै दिन १ हजार ६ले घटेको छ । रुसले युक्रेनको सिमाबाट सेना फर्काउने घोषणा गरेपछि सुनको मूल्यमा गिरावट आएको हो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायि संघले जनाएको छ ।

रुसले मंगलबारदेखि युक्रेनको सिमाबाट सेना फर्काउने प्रक्रिया सुरू गर्ने जनाएको थियो । रुसको उक्त घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि घटेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १२:०२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।