Logo

अर्थ

बुधबार नेप्से १९ अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो ।

आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।

आज दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन । त्यस्तै, आज बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार अधिकांश नेप्से उपसूचकांकहरुमा उच्च गिरावट देखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १७:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।