काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।
बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन रहेकाे थियो ।





















प्रतिक्रिया