Logo

खेलकुद

यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा 



काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई  जित हात पारेका छन् । 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १५:४१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।