Logo

खेलकुद

तेस्रो ओभर भित्रै नेपालले गुमायो तीन विकेट, कुशल, आशिफ र लोकेश आउट



आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सुरूआती तीन ओभरमै ३ विकेट गुमाएको छ ।

ओपनर आशिफ शेख र लोकेश बम शुन्यमा आउट हुँदा कुशल भुर्तेलले ७ रन जोडे । ओपनर आशिफ शेख पहिलो ओभरमै शून्य रनमा आउट भए। लगत्तै आएका लोकेश बम डक आउट भए ।

पहिलो ओभरको चौथो बलमा जुनाइद सिद्धिकीको बलमा शेख एलबी डब्लु धरापमा परे। लगत्तै बलमा मोहम्मद वासिमले बमलाई क्याच आउट गराएका थिए ।

आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो ।

यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १८:१८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।