सरकारको गैरजिम्मेवारपन र लाचारिले काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न नसक्नु दुस्खद छ । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको तर,अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन नसक्नुले सरकारको प्राथमिकता निर्क्योल हुन नसकेको र आफ्नै निर्णय लाई समेत कार्यनयन गर्न उदाशिन देखिएको छ।
वीर अस्पतालको आकस्मिक कक्षमा संक्रमितको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पताल परिसरमै रहेको ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गर्यो र लगत्तै शनिबार मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरसको युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गर्यो,सरकारले तत्कालै ५०० शय्याको कोरोना युनिफाइड अस्पताल बनाउने निर्णय गरेपनि वीर अस्पतालको नयाँ भवन भने अझै सञ्चालनमा आउँन नसक्नु अत्यन्त दुस्खद र लज्जास्पद बिषय भएको छ।
अस्पतालले आफ्नो नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार सुरु गर्न सकेको छैन।
वीर अस्पतालमा सुरुवाती अवस्थामा ८ वटा आइसियु र १६ वटा वार्ड संक्रमितका लागि व्यवस्थापन गरेकोमा कोरोना संक्रमित बढ्दै जाँदा नयाँ भवन सञ्चालनमा नआएकाले बिरामीको चाप थेग्न नसक्ने अवस्था रहेकोले नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा आएमा करिब ७०० कोरोना संक्रमितको उपचार गर्न सकिने स्थिति भएपनी सरकाले अक्सिजनको व्यवस्थापन नगरेको कारण कोरोना संक्रमितको उपचार सुरु हुन नसक्नुले सरकार र स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारी प्रष्ट भएको छ । (नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाको विचार)
प्रतिक्रिया