Logo

अर्थ

यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता, वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या ५ हजार ३६६ पुगेको छ । 

नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१ वटा साना रहेका छन् । 

उद्योगमा कूल स्वीकृत विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२ प्रतिशतले वृद्धि भई ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको उद्योग विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी बोर्ड नेपाल मार्फत एक खर्ब ७ अर्ब ८६ करोड र उद्योग विभाग मार्फत ३० अर्ब ५६ करोड २२ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको हो । 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १७:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।