Logo

समाचार

ललितपुरमा एकै परिवारका पाँचजना मृत फेला



ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन् । ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ नल्लुस्थित काइली स्याङ्बोको घरभित्र सुतेको अवस्थामा चारजना र दुईदिनको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्बो, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङ्बो, नाती ९ वर्षीय आशिष स्याङ्बो र नातिनी ५ वर्षीय आस्मा स्याङ्बो छन् ।त्यस्तै २३ वर्षीय छोरा सुभाष स्याङ्बो घाइते छन् । नवजात दुई दिनको शिशुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठामा आगो बालेको कोइला फेला परेको प्रहरीले जानकारी दिएको छ । निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १२:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।