Logo

अर्थ

शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ अर्ब रुपैयाँ छेउ



काठमाडौं । हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ । 

आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दाेहाेराे अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि नेष्डाे र राष्ट्रउत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १५:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।