Logo

नायिका निता लेख्छिन् – मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्‍ने थाहा पाएँ



मुलुक यति बेला कोरोना महामारीसँग लडिरहेको छ । दिनहुँ सङ्क्रमणदर बढ्दो छ । अस्पतालमा कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । अक्सिजनको अभावमा कयौँ बिरामीले ज्यान गुमाएका छन् । यस्तो विपत्तिको समयमा सरकार चलाउनेहरु जनताको सहारा बन्नु पर्ने ठाँउमा आफ्नै पद र कुर्सीको लोभमा रातदिन जुधेका छन् ।

अभिनेत्री निता ढुङ्गानाले फेसबुकमा लेखेकी छन्, “मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।”

उनले संसार कोरोनाविरुद्ध लडिरहँदा आफ्नो देशले आफूलाई झन् लात हानेको आभास भएको बताएकी छन् । अभिनेत्री ढुङ्गानाले अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको एक तस्बिर पोस्ट गर्दै आफूले नजिकको अग्रज गुमाएकोमा दुख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “समयमा नै आइसियुको व्यवस्थापन भएर अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला ।” हरिहरका पिताको सोमवार उपचारको क्रममा निधन भएको हो ।

jhgjhyjhjh.JPG

 

https://www.facebook.com/neeta.dhungana1/posts/4090289954363087

 

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  १२ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।