Logo

समाचार

राष्ट्रसंघीय महासचिवले भने – मालिको अवस्थाबारे जानकार छौं



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराएका हुन् । उनका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियालीरहेका छन् । 

मालीको सैनिक सरकारले पछिल्लो समयमा यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा आफूलाई पूर्ण जानकारी रहेको बताएका छन् । 

त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गरेका छन् । मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिएको पनि उनका महासचिव डुजारिकले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ५ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।