Logo

काठमाडाै‌ंमा रातभर झरी : आजदेखि तीन दिनसम्म यी प्रदेशमा भारी वर्षा, प्राधिकरणले दियाे चेतावनी



बंगालको खाडीमा विकसित भएकाे यास नामक चक्रवातका कारण बुधबारदेखि नेपालकाे माैसम प्रभावित छ। बुधबार रातभर जसाे काठमाडाैंसहितका विभिन्न क्षेत्रमा झरी परेकाे छ।

बिहीबार बिहान प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भईरहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातका कारण शनिबारसम्म मुलुकका सातवटै प्रदेशमा वर्षा हुनुका साथै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना छ। साथै तराई क्षेत्रमा हावाहुरीकाे जाेखिम पनि रहेकाे महाशाखाले औँल्याएकाे छ।

बिहीबार दिउँसाे प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। राति गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

शुक्रबार देशका अधिकांश स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। देशका हिमालीर उच्च पहाडी भूभागमा हिमपात हुनेछ।

शनिबार हावाहुरीसहित पानी पर्नेछ, भने लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

यसैबीच, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म नेपालकाे माैसम प्रतिकूल रहने र बाढीपहिराेका घटना हुनसक्ने भन्दै अलर्ट रहन चेतावनी दिएकाे छ। साथै याे साता पर्वाताराेहण नगर्न पनि विज्ञप्ति मार्फत भनेकाे छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ११ बजे