Logo

उद्योग

भायानेटका ग्राहकले अब तीन महिनासम्मको इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर फ्रीमा पाउनसक्ने



काठमाण्डौ । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ ।

यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यस योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् । यसका साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीनजना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

ग्राहकले रिफरल इनामका लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।

भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउनेछन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् । भायानेटले प्रत्येक हप्ता एमआईको डुअल ब्यान्ड राउटर पाउन सफल रिफररहरुलाई आफ्नो इनाम संकलन गर्न सम्पर्क गर्नेछ ।

भायानेटले नेपालका सबैजसो मुख्य सहरमा विभिन्न प्याकेजमार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ । भायानेटले अल्ट्रा–फाई लाइन अपअन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ ।

विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै २ वटा भायाटीभीहरु पनि उपलब्ध छन् । यसको मूल्य मात्र रु। १२५० प्रतिमहिना रहेको छ ।

भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहकमा थप उत्साह भर्ने आशा लिएको छ । यो अफर सीमित अवधिका लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेट आग्रह गर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।