Logo

शेयर बजार

अन्तिम दिन शेयर बजरमा सामान्य करेक्सन, ऐतिहासिक कारोबार



मंगलबार राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सर्ट टर्म ट्रेड गर्न रोक लगाएपछि शेयर बजारमा कस्तो असर हुन्छ भन्नेबारे सबैले मिश्रित बिचार राखेका थिए । 

त्यस्को असर बजारको पहिलो दुई घण्टामा लघुवित्त समूहको परिसूचकमा भारी गिरावट देखियो । त्यसपछि उठन थालेको बजार घटबढहुँदै अन्तमा सामान्य अंकले घटेर बन्द भएको छ । 

बिहीबार शेयरबजार परिसूचक नेप्से १.२० अंकले घटेर २८१५.४० अंकको विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकमा करेक्शन देखिदा शेयर बजारमा अन्य सूचकहरु भने मिश्रित देखिएका छन् ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ०.२८ अंकले घटेर ५०३.७१ अंकमा बन्द भएको छ । 

बिहीबार दूई सय १५ कम्पनीको एक लाख ४७ हजार ४९२ पटकको व्यापारमा चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयरको खरिदविक्री हुँदा १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँ २४ पैसा बराबरको कारोबार भएको छ । 

बिहीबार घटेको बजारमा १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने त्यसबाहेक अरु १० कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । 

यस्तै जलविद्युत समूहका कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तसमूहको परिसूचक घटेका छन् । 

बिहीबार अपी पावर कम्पनीको सर्वाधिक चार हजार ३५८ पटकको व्यापारमा ४३ करोड २८ लाख ३४ हजार ४०१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

राताम्मे बजारमा ६ समूहको परिसूचक घट्दा बाँकि ७ समूहको परिसूचक बढेर बन्द भएका छन् । जसमा व्यापार ६.७२ प्रतिशतले बढ्दा जलविद्युत समूहको परिसूचक ४.५७ प्रतिशतले बढेको छ । लघुवित्त समूहको परिसूचक भने ३.४१ प्रतिशतले घटेको छ । 

साताको अन्तीम दिन बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण पनि ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ रुपैयाँ ५ पैसा कायम भएको छ । 

१.२० प्रतिशतले घटेको बजारमा ९० कम्पनीको शेयर बढ्दा ८५ कम्पनीको शेयर घटेको छ । बाँकि ७ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ३ : ४५ बजे