काठमाण्डौ । भिभोले चाँडै वाई सिरिजअन्तर्गत थप दुई मोडलका स्मार्ट फोन वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्ने भएको छ।
आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकर्ताहरुका लागि गुणस्तरीय र नवीन सुविधाहरुका साथ आउने अपेक्षा गरिएको छ।
भिभोको वाई३३एसमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । जसमा फोटोग्राफर, सामग्री सिर्जनाकर्ता र सामाजिक सञ्जाल उत्साहीहरुले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन् । अल्ट्रा–क्लियर सटहरु लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै सुटिङ मोडहरु पनि यसमा छन् ।
यो स्मार्टफोनमा बढी क्षमताको ब्याट्री छ । जुन ५००० एमएएच हुन सक्छ। जसले प्रयोगकर्तालाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरु खिच्न सक्ने सुनिश्चित गर्दछ ।
समकालीन स्टाइल तथा स्लिक स्मार्टफोनहरुमा स्विच गर्न चाहने पछिल्ला पुस्ताका लागि भिभोसँग सबैभन्दा स्टाइलिस र ट्रेन्डी स्मार्टफोनहरु सार्वजनिक गर्दै आएको छ ।
अर्कोतर्फ ५००० एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री लाइफका साथ वाई ०१ अन–द–गो पुस्ताका लागि उत्कृष्ट स्मार्टफोन हो । यसमा क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवका लागि फोनमा ६।५१ इन्च एचडी प्लस हेलो फुलभ्यू डिस्प्ले रहने बताइएको छ ।
यो फोन भिभोको अत्याधिक सक्षम फेस एक्सेस टेक्नोलोजीका साथ आउनेछ । जसले फोनलाई आँखा झिम्काउन सक्नेभन्दा छिटो अनलक गर्छ र हरेक पटक आकर्षक रुपमा काम गर्दछ ।





















प्रतिक्रिया