Logo

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बिमा दावी भुक्तानी



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट २५ लाख रुपैयाँको घातक रोग दावी भुक्तानी गरेको छ ।

दावी भुक्तानी मिती जेठ १३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज  गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम २५ लाख रुपैयाँ विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ । 

शकुन्तला कुमारी पोद्दारले गत असोज २७ गते २५लाख रुपैयाँको जीवन अमृत योजना खरिद गरेकी थिईन । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो । 

बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् । 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ५७ बजे