Logo

अन्तर्राष्ट्रिय

अस्ट्रेलियाले लगायो ६७ रुसीमाथि प्रतिबन्ध



किभ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्टे«लियाकी विदेशमन्त्री मारिस पेनीले जानाकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका अपमानजनक कार्यहरूलाई सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र कुलीनविरुद्ध प्रतिबन्धहरूको घोषणा गर्दैछु’, ब्राजिलको राजधानी ब्रसेलमा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको रुसले बताउँदै आएको छ । युक्रेनमाथिको रुसी हमला पछिल्लो समयमा पूर्वतर्फ केन्द्रित छ । रुसले दोनबासमा हमलाको तीव्र तयारी गरेको विवरणहरू सार्वजनिक भएका छन् । रुसी सेना पूर्वीयुक्रेनतर्फ बढ्दै जाँदा युक्रेन आफ्ना नागरिकहरूलाई दोनबासबाट सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ ।

रुसी हमलाका कारण युक्रेनबाट ४२ लाख मानिसहरूले देश छाडेका छन् । एजेन्सी

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।