Logo

काठमाडाैंमा आजदेखि निषेधाज्ञा लम्बियाे, खाद्य पसल पनि बन्द



काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा थप कडाइ गरिएकाे छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयकाे निर्णय अनुसार आज शुक्रबारबाट नयाँ चरणकाे निषेधाज्ञा कायम भएकाे छ। पछिल्लाे पटक थप भएकाे निषेधाज्ञा २० जेठसम्म कायम गरिएकाे छ

थपिएको निषेधाज्ञा अवधिमा खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भएको छ।  निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाहीसमेत गरिने भएको छ।

तरकारी, दूध, माछामासुका पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।  निषेधाज्ञा उल्लंघन गरेर अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २२ बजे