काठमाडौं । काठमाडौंको सानो गौचरनमा रहेको हेराल्ड कलेजले भर्ना लिने बेलामा विभिन्न प्रलोभन र आवश्वासन देखाएर विद्यार्थी बटुल्ने र पछि आएर शुल्क बुझाउन केही समय ढिला भएमा विद्यार्थीलाई धम्काउँदै ‘ब्ल्याकमेल’ गर्ने गरेको तथ्य फेला परेको छ ।
हेराल्ड कलेज काठमाडौंले सात दिनभित्र ‘फि’ नतिरे विद्यार्थीलाई निष्कासन गर्ने तथा युनिभर्सिटीको आइडी बल्क गरिदिने गर्ने चेतावनी दिएको हो । विद्यालयले धम्कीपूर्ण शैलीमा विद्यार्थीको फोनमा गालीगौलज सहित एसएएस पठाएर मानसिक तनाव दिने जस्ता कार्य गरेको पाइएको हो ।
विद्यालयको शैक्षिक शुल्कका लागि अभिभावकसँग परामर्श गर्नुको साटो आफ्नै विद्यार्थीको पढाइमा असर पुग्ने गरी तनाव दिएपछि विद्यार्थीहरुमा निराशा छाएको छ ।
एक विद्यार्थीले नाम नबताउने सर्तमा भने, ‘शैक्षिक शुल्क अभिभावकले तिर्ने हो, हामीले अभिभावक समक्ष कुरा पुर्याउने हो । तर, विद्यार्थीको पढाइ जे सुकै होस् कुनै प्रवाह नगरी विद्यालय कसरी हुल्छ शुल्क उठाउने तर पढाइमा ध्यान नदिने गरेका कारण हामी तनावमा छौं ।’
परीक्षाको मुखमा यस्तो तनाव आउँदा झनै समस्या उत्पन्न भएको उनले बताए । ‘विद्यालयको बेथितिबारे बोल्दा छानी–छानी कारवाही गर्न विद्यालय लागि पर्छ’, उनले भने, ‘नाम बतायो झनै समस्या दिन्छ । यो विद्यालय हो कि तनावलय ?’
विद्यालयले यसअघि परिक्षामा शुल्क दिन ढिलो हुनेलाई कार्यालयमा उभियाएर मानहानी गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

त्यसो त विद्यालयको हर्कत यतिमै सिमित छैन, कोरोना कहरमा पनि शिक्षकलाई कोरोना लाग्दा समेत केश लुकाएर पठनपाठन सञ्चालन गरेको थियो । सो बारे समाचार आएपछि सत्य कुरा बोल्नुको साटो मिडियामा समाचार दिने विद्यार्थीबारे खोजी नीति गरेको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष र सिईओ प्रकाश श्रेष्ठले ठाडै ईमेलमार्फत् विद्यार्थीलाई विद्यालयको बेथिती बाहिर नल्याउन चेतावनी दिएका थिए । विद्यार्थीले विद्यालयको समस्याबारे बुझ्दा, ‘तैँले यसरी सिईओलाई मेल गर्ने हो ? मलाई मतलव छैन तैँले फि तिरिस् कि तिरिनस् तलाई पढ्न मन छैन भने मेरो कलेजबाट निस्केर जा’ भनेका थिए ।
यस बिषयमा व्यवस्थापन समितिका अध्यक्ष र सिईओ श्रेष्ठलाई अनलाइनपानाले सम्पर्कम गर्न खोज्दा उनी संम्पर्कमा आउन चाहेनन् र विद्यालय मोबाइल नम्बर ९८०१०२२६३७ मा फोन गर्दा सिइओको नम्बर दिन नमिल्ने भन्दै फोन राखे ।
















प्रतिक्रिया