काठमाडौं । संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले आतइबार सुनुवाइलाई ‘हेर्दाहेर्दै’मा राखेको हो ।
संवैधानिक इजलास गठनसम्बन्धी विवादमा आइतबारको बहस केन्द्रित भएको थियो । इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।
संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी छ । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको हो ।
बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो । सुनुवाइ सोमबार जारी रहने गरी आइतबार इजलास उठेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन भएको हो । इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन् ।
इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका २६ र प्रधानमन्त्री ओलीको पक्षका ४ गरी ३० वटा रिटमा सुनुवाइ गर्नेछ ।















प्रतिक्रिया