मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा रहेका सिमान्तकृत समुदाय चेपाङ जातिलाई विस्थापित गर्ने तरिकाले रिद्धिसिद्धि सिमेन्टले चुनढुङ्गा उत्खनन गरेको छ ।
स्थानीय बासिन्दाको घर नै पुरिने गरि रिद्धिसिद्धि सिमेन्ट उद्योगले विना सूचना स्थानीयको बासस्थानमै चुनढुङ्गा उत्खनन गरेको हो । आफु बसेको ठाउँमा सिमेन्ट उद्योगले ज्यादती गरेपछि चेपाङ जातिहरुले सुरक्षित वास्थानका लागि स्थानीय प्रशासन, सरकार रराजनीतिक दलसँग आग्रह गरेको छ ।
जबर्जस्ती घरबास उठाउन नुहने भन्दै आक्रोसित भएका स्थानीयहरुले मुआब्जाको माग गरेका छन् । पटक पटक मुआब्जा माग गर्दा पनि सरोकारवाला निकाय मौन रहेको उनीहरुले दाबी गर्दै आएको छ । सिमेन्ट उद्योगले सरकारी संयन्त्रदेखि राजनीतिक दललाई समेत किनेको स्थानीयले आरोप लगाएको छ ।
चेपाङ समुदायले रिद्धिसिद्धि सिमेन्टकोविरुद्ध आन्दोलन समेत गरेका थिए । तर कानुनी रुपमा अनुमति लिएर सिमान्तकृत समुदायमाथी अत्याचार गर्दै आएको सिमेन्ट उद्योगको अगाडी केही नलाग्ने भएपछि आफूहरु विस्थापित हुनुपरेको स्थानीय बुद्धविर चेपाङले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगलेसमेतसोक्षेत्रको अध्ययन गरेको थियो । आयोगले चेपाङ समुदायलाई फकाएरदलाल मार्फ जग्गा सिमेन्ट उद्योगलाई बिक्री गरेको जनाएको थियो । कतिपय स्थानीयहरु विस्थापित भएरअन्यन्त्रै गइसकेको समेत आयोगले जनाएको छ ।
स्थानीयको माग पछि गाउँपालिका र उद्योग व्यवस्थापनबीच समस्या समाधानका लागि पटक पटक वार्ता हुँदा पनि समस्या समाधान नभएको स्थानीय बताउँछन् ।
दलाललाई चेपाङ समुदायमा पठाएर सबै जग्गा आफ्नो नाममा गर्ने रिद्धिसिद्धि सिमेन्ट उद्योगकोविरुद्ध बोल्न राजनीतिक दलले समेत सहयोग नगरेको स्थानीयहको गुनासो छ ।
शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ





















प्रतिक्रिया