Logo

राजनीति

एमालेले धर्मको राजनीति गरिरहेको छ :  जनमोर्चा महासचिव भट्ट



अर्घाखाँची । राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन् ।

कसैको दान र कृपाका आधारमा नभइ क्षमताका आधारमा भाग चाहिँने उनले बताए । उनले सम्मानजनक भागवण्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए ।

कांग्रेससँग नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन परास्त गर्नका लागि कांग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १८:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।