कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज साेमबार राति बेइजिङ उड्दैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग गरेकाे टेलिफाेन वार्ता लगत्तै चीनले घाेषणा गरेकाे १० लाख डाेज खाेप सहायतामध्ये ८ लाख डाेज ल्याइन लागिएकाे हाे।
खाेप ल्याउन निगमको वाइडबडी जहाज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ।
जहाज मंगलबार दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ। बाँकी दुई लाख डाेज खाेप चीनले नै काठमाडाैं पुर्याउने छ
चीनले नेपाललाई यसअघि ८ लाख डाेज भेरोसेल खोप उपलब्ध गराइसकेकाे छ।















प्रतिक्रिया