पछिल्लाे वर्ष चीनमा करिब एक करोड २० लाख बच्चा जन्मिए। याे जन्मदर सन् १९६० काे दशकपछि सबैभन्दा कम हाे।
चीनमा जनसंख्या वृद्धि दरलाई लिएर विशेषज्ञ लगातार चिन्ता व्यक्त गरिरहेका छन्।
जनसंख्या वृद्धिदरसँग जाेडिएकाे चिन्ताकाे कारण हाे चीन सरकारले जनसंख्या नियन्त्रणका लागि दशक अघि बनाएकाे ‘वन चाइल्ड पाेलिसी। यद्यपी याे नीति सन् २०१६ मा समाप्त गरिएकाे थियाे।
तर, चीनमा केही व्यक्तिकाे भनाइ छ याे स्थितिका लागि सरकारी नीतिमात्र जिम्मेवार छैन।
राजधानी बेइजिङमा रहेकी ३१ वर्षीया लिली चेन्ग बच्चा जन्माउन चाहँदिनन्। उनकाे विवाह भएकाे तीन वर्ष भइसक्याे र उनले बच्चाका लागि कुनै याेजना बनाएकी छैनन्। ‘बच्चा पाल्ने जिम्मेवारी र चिन्ता बिना नै जीवन जिउन चाहन्छु,’ उनकाे भनाइ छ।
विशेषज्ञहरुकाे भनाइमा चीनमा याे स्थिति अझ खराब अवस्थामा गुज्रिरहेकाे छ किनकि यहाँ लैंगिक अनुपात घटबढ भइरहेकाे छ। स्थानीय मिडिया रिपोर्टअनुसार चीनमा पुरुषकाे एक ठूलाे जनसंख्या छ जसलाई विवाहका लागि महिला खाेज्नै समस्या पर्छ।
चीनमा महिलाभन्दा पुरुषकाे जनसंख्या धेरै छ। सरकारी आँकडा अनुसार गत वर्ष साढे तीन पुरुष महिलाभन्दा धेरै छन्।
चीनमा पनि महिलाभन्दा पुरुषलाई बढी केन्द्रमा राखिन्छ जुन लैंगिक विभेद हाे। नेशनल यूनिभर्सिटी अफ सिंगापुरका प्रोफेसर डा मु झेन्गका अनुसार याे स्थितिमा विवाहकाे बजार बिग्रन्छ। खासगरी ती व्यक्तिलाई समस्या छ जाे सामाजिक र आर्थिक रूपमा कमजाेर छन्।
चीनले एक सन्तान नीति खारेज गरेर विवाहित जाेडिलाई दुई बच्चा जन्माउन अनुमति दिएकाे थियाे। तर महँगीमा बच्चा पालनपाेषणमा समस्या हुने भएकाले दुईवटा बच्चा जन्माउन पनि चाहँदैनन्।
चीनमा खासगरी सहरी क्षेत्रमा जीवनयापन बदलिएकाे छ। यहाँ अब विवाह,सन्तान जन्माउने जस्ता परम्परालाई सफल जीवनकाे मानक मानिदैन। मान्छे अब निजी जीवनलाई बढी ध्यान दिन थालेका छन्।
चीनमा बच्चेकाे हेरचाहकाे मुख्य जिम्मेवारी पनि आमालाई मानिन्छ। चीनमा बच्चा जन्मेपछि पुरुषलाई १५ दिनकाे विदाकाे प्रावधान छ। तर धेरैजसाे पुरुष विदा लिँदैनन्।
डा मु का अनुसार यही कारण चीनमा नयाँ पिढीका युवती बच्चा जन्माउन चाहदैनन्। किनकि उनीहरुलाई लाग्छ करिअरमा असर गर्छ।
चीनमा अधिकांश कम्पनी र सरकारी जागिरमा महिलालाई सुत्केरी हुँदा सामान्यतया ९८ दिन बिदाकाे व्यवस्था छ। तर कम्पनीले याे बेला बिदा नभइ जागिर छाड्न भन्छन्। मार्चमा एक कम्पनीले सर्त राखेकाे थियाे गर्भवती भएमा स्वच्छिक राजीनामा दिनुपर्नेछ। त्यही भएर युवतीहरु सके विवाह गर्न चाहँदैनन् विवाह गरे पनि बच्चा जन्माउन चाहदैनन्। चीनमा महिलाभन्दा पुरुषकाे जनसंख्या बढी भएकाले पनि बिवाहका लागि समस्या भइरहेकाे छ। बिबिसी हिन्दीबाट















प्रतिक्रिया