Logo

कर्पोरेट फोकस

सोमबार सुन र चाँदी दुवै घातुको मूल्यमा बढोत्तरी, कस्तो छ आजको दरभाउ ?



सोमबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सुन प्रतितोला दुई सय रुपैयाँले उकालो लागेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । 

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

एक कारोबार दिन अगाडि छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजबी सुन पनि तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । 

सोमबार सुनको मूल्यसँगै चाँदीको पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।