आसन्न स्थानीय तहको निर्वाचनमा जसरी पनी नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलसँग गठबन्धन गर्नैपर्छ भनेर दिलोज्यानले लागेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी भित्रै एक्लीँदै गएका छन् ।
कुनै सैद्धान्तीक, बैचारिक आधारको कुरै नगरी एमालेले चुनाव जित्ने भो त्यसकारण माओवादी र समाजवादीसँग गठबन्धन गर्नुपर्छ भन्ने त कहिले आफूलाई प्रधानमन्त्री बनाएको नै गठबन्धनले हो भन्दै त्यो गुनतिर्न पनि गठबन्धन कायम राख्नुपर्छ भन्ने तर्क गरिरहेका देउवालाई कांग्रेस भित्रैबाट व्याक फायर हुने सम्भावना बढ्दै गएको छ ।
सुरुवाती दिन देखि नै गठबन्धनको बिषय निकै पेचिलो बनिरहेको कांग्रेसमा उमेदवारी दर्ताको दिन नजिक आइपुग्दा यो क्लाइमेक्समा पुगेको छ । पार्टीको १४ औँ महाधिवेशनमा ४० प्रतिशत मत आफ्नो पोल्टमा पारेको डा. शेखर कोइराला पक्ष पहिले देखिनै गठबन्धनको विपक्षमा रहेको थियो भने अहिले देउवाले आफ्नै टीमको पनि विश्वास जित्न नसक्ने अवस्था आएको बताइन्छ ।
कांग्रेसमा सभापति पछिको सबैभन्दा कार्यकारी र निर्णायक मानिने महामन्त्रीहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा दुवै जना गठबन्धनको विपक्षमा दरो रुपमा उत्रिएका छन् । दुई जना मध्ये एकजना पनि महामन्त्रीको साथ पाउँन नसकेपछि देउवा थप चेपुवामा परेका छन् ।
एमसीसी पारित गर्ने बेला देखीनै देउवा महामन्त्री गगन थापालाई च्यापेर हिँडेका थिए । एमसीसीमा थापाले देउवालाई दरिलोसँग साथ पनि दिए, एमसीसी पास पनि भयो त्यहि थ्यौरीका आधारमा स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनमा सकारात्मक बनाउँन देउवाले थापालाई घोषणा पत्र लेखन समितीको संयोजक बनाएको चर्चा कांग्रेसमा चलेको छ तर यस पटका देउवाको डिजाइनले फेल खाएको छ ।
अन्तिम अवस्थामा महामन्त्री थापा गठबन्धनको विपक्षमा दरो गरि उभिएका छन् । केहि दिनअघिसम्म गलत भएपनि पार्टीको निर्णय सबैले मान्नु पर्ने भन्दै गठबन्धनको पक्षमा नरम अभिव्यक्ति दिँदै हिडेका थापा एकाएक फेरिएका छन् उनले चुनाव हारे पनि गठबन्धन गर्न नहुने आवाज कसिलोसँग उठाएका छन् ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि गठबन्धन गर्नुनहुने पक्षमै कसिलोसँग उभिएका छन् । १४ औँ महाधिवेशमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री विजयी भएका शर्माले देउवालाई अप्ठेरो पर्ने अभिव्यक्ति लगातार दिइरहेका छन् । भरतपुरको मेयर कुनै पनि हालतमा छोड्न नहुने भन्दै उनले देउवालाई चेपुवामा पारेमा छन् । एकपछि अर्को देउवाको गलत कदमको खरो प्रतिवादमा शर्मा उभिएका छन् ।
प्रकाशमान सिंह स्वयमं गठबन्धनको पक्षमा खरो रुपमा उत्रिएका बेला उनलाई समेत चुनौती दिने गरि शर्मा खडा भएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ पहिले देखिनै सदाबहार रुपमा गठबन्धनको विपक्षमा छन् । अहिले महामन्त्रीद्धय थापा र शर्मा पनि गठबन्धनको विपक्षमा खडा भएपछि देउवा एक्लै कांग्रेस गठबन्धनमा जान नसक्ने अवस्थामा पुगेका बताइन्छ ।




















प्रतिक्रिया