राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशबाट स्वीकृत गरी माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शनिबार सार्वजनिक गरेका आर्थिक वर्ष २०७८ ७९ को संघीय बजेट समग्रमा सकारात्मक रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघको ठहर छ । विषम परिस्थितिमा आएको बजेटले निजी क्षेत्रको मागहरुलाई समेत धेरै हदसम्म समेट्ने प्रयास गरेकाले महासंघको यो बजेटको स्वागत गर्दछ ।
बजेटमा समग्रमा राम्रो आएपनि यसको कार्यान्वयनको पक्ष भने एकदमै चुनौतीपूर्ण रहेको छ । बजेट अक्षरमा लेखिएरमात्रै हुँदैन । बजेट बनिसके पछि सरकारले कार्यान वयनमा पनि विशेष ध्यान दिनु पर्दछ । विगतका वर्षहरुमा जस्तै बजेट आउने तर समेटिएका कार्यक्रमहरु पनि कार्यान्वयन नहुने पुरानो प्रवृति दोहोरिनु हुँदैन । यसतर्फ हामी सरकारको ध्यानाकर्षण समेत गराउन चाहान्छौं ।
कोभिड १९ प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायहरुलाई आगामी आर्थिक वर्षमा तिर्नुपर्ने नविकरण र इजाजत दस्तुर हटाउने घोषणा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने घोषणा, यस्ता उद्योगको आयकर १ प्रतिशत र नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष बनाई ट्राभलर ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णयलाई बजेटका सकारात्मक पक्ष हुन् । पर्यटन उद्योगलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिनु साथै पुनर्कर्जा सुविधा उपयोग गर्न पाउने व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गर्ने घोषणा सकारात्मक छ ।
हाल करिव २९ लाख लघु घरेलु एवं साना उद्योगमा आश्रित छन् । कोभिडबाट बढि प्रभावित व्यवसायको नविकरण शुल्क मिनाहादेखि आयकरमा समेत छुट दिइनु सकारात्मक छ ।















प्रतिक्रिया