Logo

अर्थ

उपकार लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँड हुने



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँड गर्न लागिएको हो । संस्थाले चैत २५ गदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो ।

संस्थाले सर्वसाधारण समुह तर्फको २ लाख ३६ हजार २५० कित्ता मध्ये कर्मचारीहरुको लागि ३ हजार ३८१ कित्ता र सामुहिक लगानीकोषका लागि ११ हजार ८१३ कित्ता शेयर बाँडफाँड गर्नेछ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गर्नेछ । उक्त शेयर २२ हजार ११५ जनाले मात्रै पाउने छन् । उनीहरुमध्ये थप ६ जनाले एक एक कित्ता गरी ११ कित्ता पाउने छन् । संस्थाले गोलाप्रथा मार्फत बाँडफाँड गर्नेछ ।

संस्थाको आइपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।