काठमाण्डौ । डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, मिर्चैया, विराटनगर, नेपालगन्ज, धनगढी, सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल दाङको तुलसीपुरमा सुरुआत भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दैछ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध छन् ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया