प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका पदाधिकारीसँगको छलफलमा अबदेखि संवैधानिक इजलास गठनका लागि वरिष्ठताका आधारमा न्यायाधीश छान्ने निर्णय भएको बारका अध्यक्ष पुर्णमान शाक्यले जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने भएका छन् । उनकाअनुसार यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गरिने भएको छ ।
यद्पि प्रधानन्यायाधीश राणाले भने मंगलबारको इजलास गठन गरिसकेका छन् । यसअघि दुईजना न्यायाधीशरु बमकुरमा श्रेष्ठ र तेजबहादुर केसीका विषयमा विवाद उत्पन्न भएको थियो । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणाले बारका पदाधिकरीसँग मंगलबार छलफल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडि हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।
यसअघि न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै उनी विघटनको मुद्दामा बस्न नहुने जिकिर कानुन व्यवसायीहरूको थियो ।
अर्कोतिर इजलासका अर्का न्यायाधीश केसीमाथि पनि यही विषयलाई आधार बनाएर कानुन व्यवसायीले प्रश्न उठाएका थिए । नेकपा नामको मुद्दाले मुलुकलाई यो अवस्थामा ल्याएको जिकिर गर्दै कानुन व्यवसायीले उक्त फैसलाको पुनरावेदन अस्वीकर गर्नेमा न्यायाधीश केसीसमेत रहेको भन्दै इजलासमा बस्न नहुने बताइरहेका छन् ।
प्रतिक्रिया