Logo

गण्डकी प्रदेश

पाल्पामा गठबन्धनबीच सहमति, कांग्रेसलाई ६ पालिका



काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा साझा उम्मेदवार चयन गर्ने विषयमा पाल्पामा पाँच दलीय सत्तारुढ गठबन्धनबीच सहमति जुटको छ। सहमति अनुसार नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई पालिकामा प्रमुखमा उम्मेदवार उठाउने भएको छ।

माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका साथै रम्भा र पूर्वखोला गाउँपालिका एकीकृत समाजवादीले प्रमुख उठाउने छ । उपप्रमुखमा कांग्रेसले रामपुर नगरपालिका, माथागढी, तिनाउ, रिब्दीकोट, रम्भा, पूर्वखोला गाउँपालिकामा उपप्रमुख उठाउनेछ ।

माओवादी केन्द्रले तानसेन नगरपालिका, रैनादेवीछहरा, निस्दी गाउँपालिकामा साथै नेकपा एकीकृत समाजवादीले बगनासकालीमा उपाध्यक्षमा उठाउने छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १३:३९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।