काठमाडौं । २०७४ प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारमा वर्दिया पुग्नेबित्तिकै हेलिकोप्टरबाट उत्रेर एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्वागत गर्न जाने स्थानीय नेतालाई सोधेका थिए ‘निर्वाचन के हुन्छ ?’
ती स्थानीय नेताले त्यतिबेला नै ‘गाह्रो छ’ भनेका थिए । ओली केही बोलेनन् । वर्दिया १ को उम्मेदवार भएका एमालेका नेता वामदेव गौतमले नेकपाको गठबन्धन हुँदा पनि नराम्ररी पराजित हुनुपरेको थियो । गौतमले एमालेले मात्र होइन ओलीकै ‘सेटिङ’ मा आफूलाई हराइएको भन्ने आरोप लगाएका थिए । गौमतलाई नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले हराएका थिए । ओलीलाई लिन गएका एमालेका ती नेता भिँडको कारण कार्यक्रम स्थलमा आउन समेत सकेनन् । ‘यति मान्छे थिए कि त्यो कल्पना पनि गर्न सकिँदैनथ्यो, जामले गर्दा ओली उडिसकेपछि मात्र म पुगें’ उनले भने ‘ पछि पनि मलाई वामदेवले हारिसकेपछि त्यत्रो मान्छे कहाँबाट आएका रहेछन् सोधेका थिए ओलीले ।’
उनले मान्छे धेरै देखियो भन्दैमा निर्वाचन जितिन्छ भन्ने आधार नभएको स्पष्ट पारेका छन् । गौतमले आफूमाथि अन्तरघात भएको भन्दै छानबिन समिति नै बनाए । समितिले कसैबाट अन्तरघात नभएको निश्कर्ष निकाल्यो । गौतम केन्द्रका नेता भएकाले केन्द्रमा नै बढी घुम्ने र गाउँघरप्रति मतलब नगर्ने गरेका कारण नै उनलाई मतदाताले भोट नहालेको एमालेको निश्कर्ष छ । गौतमले २०७० सालमा वर्दिया २ र प्युठानबाट जितेका थिए । उनले एउटा क्षेत्र छोड्ने क्रममा वर्दिया छोडेर प्युठान रोजेकामा पनि स्थानीय रिसाएका थिए ।
बैशाख १२, २०७९ सोमबार
402
Shares
प्रतिक्रिया