Logo

अन्तर्राष्ट्रिय

एलन मस्कले ४४ बिलियन अमेरिकी डलरमा किन्ने भए ट्विटर



धनाढ्य तथा व्यवसायी एलन मस्कलाई माइक्रोब्लगिङ साइट ट्विटरको बोर्डले ४४ बिलियन अमेरिकी डलरमा ट्विटरलाई किन्न दिने निर्णय गरेको छ । 

यसअघि मस्कले दुई साताअघि ट्विटरसँग असाधरण क्षमता भएको भन्दै आफूले ट्विटरका सबै सेयर किन्ने प्रस्ताव राखेका थिए ।

उनले ट्विटरको सामथ्र्य निकै धेरै भएको भन्दै यसमा भएको फेक न्युज र फेक अकाउन्टलाई पनि आफूले कन्ट्रोलमा ल्याउने बताएका थिए । तर, त्यति बेला ट्विटरले उनलाई कम्पनी बेच्न तयार भएको थिएन । 

तर, अब आफ्ना स्टेकहोल्डर्सहरुलाई ट्विटरले यो सम्झौताको पक्षमा मतदान गर्न अनुरोध गरेको छ । 

फोब्र्स म्यागजिनका अनुसार मस्क विश्वकास सबैभन्दा धनी हुन् । उनीसँग अहिले २७३ बिलियन डलर भएको अनुमान गरिएको छ । उनको टेस्ला कम्पनी विश्वकै सबैभन्दा धनी कम्पनीमध्येको एक हो ।

मस्कले ट्विटर आफूले लिएपछि त्यहाँ वाक स्वतन्त्रतालाई प्राथमिकता दिने पनि बताएका थिए । एजेन्सी

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार ०५:५६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।