Logo

स्वास्थ्य

डब्लूएचओ र स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा नयाँ भेरियन्ट देखिएको छैन 



काठमाडौं-  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट नदेखिएको बताएको छ । ट्विट गर्दै उसले नेपालमा कुनै नयाँ भेरिएन्ट नभएको जनाएको हो । 

बेलायती पत्रिका ‘डेली मेल’ ले बिहीबार ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ भन्दै समाचार लेखेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डेली मेटको समाचारलाई अनाधिकारीक भनेको छ। ‘नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) मात्र देखिएको छ। डब्लुएचओले पनि त्यही भनेको छ’, उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।