एउटा बन्द कोठामा बसेर दुनियाँ हेर्ने माध्यम, इन्टरनेट । नेपालमा इन्टरनेटको सुरुवात भएको करिब-करिब साढे २ दशक भए पनि सहज रूपमा आम नागरिकमा यसको पहुँच पुगेको लामो समय भने भएको छैन । तर आजको दिनसम्म आइपुग्दा यो अपरिहार्य जत्तिकै बनेको छ ।
सामान्य मानिसदेखि भीभीआईपी । वृद्धदेखि बालक सबैको एक्लोपनको सहारा र मुस्कुराउने माध्यम पनि बनेको छ, इन्टरनेट । हुन त इन्टरनेटको प्रयोगसँगै मानिसहरूलाई कार्यसम्पादनमा सहजता आएको देखिन्छ । केही दिनअघि मात्र नेपाली बजारमा सार्वजनिक भएको सीजी नेटको चर्चा यति बेला सामाजिक सञ्चालनमा छाएको छ । प्रतिमहिना नौ सय ९९ रुपैयाँका दरले १२० एमबीपीएस स्पिडको नेट आफ्ना उपभोक्तालाई उपलब्ध गराउने घोषण गरेसँगै सीजीको चर्चा चुलिएको हो ।
बजार मूल्यभन्दा आधा मूल्यमा आफ्नो सेवा विस्तार गरेको कम्पनीले गुणस्तरलाई आफ्नो प्राथमिकतामा राखेको जिकिर गर्दै आएको छ । यसै विषयमा चौधरी ग्रुपको कर्पोरेट कम्युनिटी तर्फका जनरल म्यानेजर मधुसुधन पौडेलसँग गरेको कुराकानीको अंश :
गुणस्तरको ग्यारेन्टी
कम्पनीले आफ्नो मूल्यभन्दा पनि गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने रणनीति बनाएको पौडेलले बताएका छन् । उनले भने, “हाम्रो लागि गुणस्तर पहिलो नम्बरमा पर्छ । अनि मात्र मूल्य आउँछ । त्यसकारण सीजी अरू कम्पनीभन्दा फरक छ । गुणस्तरको ग्यारेन्टी दिन्छौँ ।”
मूल्य बढ्दैन, बरु घट्छ
उनले कम्पनीद्वारा सेवा विस्तार हुँदै जाँदा मूल्य बढाएर उपभोक्ताहरुलाई मारमा नपार्ने बरु मूल्य अझै सस्तो हुन सक्नेमा विश्वस्त रहन आग्रह गर्दै भने, “भोलि मूल्य बढाएर सीजी चल्दैन । यही मूल्यमा हामी सेवा दिन सक्छौँ भनेर आएका छौँ । हामी घट्न सक्छौ तर बढ्दैनौँ । सीजी रहेसम्म नै सबैभन्दा छिटो र सबैभन्दा सस्तो रहने छ ।”
२०७८ भित्रै देश भरि सेवा
यसै वर्ष सीजीले आफ्नो सेवा देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्य लिएको जनरल म्यानेजर पौडेल बताउँछन् । उनले भने, “सुरुवात काठमाडौं उपत्यकाबाट भए पनि हामी देशभर जाने उद्देश्ले आएका हौँ । २०७८ भित्रै देशभर सेवा विस्तार गर्ने हाम्रो योजना छ ।”
गुणस्तरका लागि सीजीको विकल्प छैन
सस्तो मूल्यमा उच्च गुणस्तरका लागि सीजीको विकल्प नरहेको पौडेलले जिकिर गरेका छन् । उनले भने, “बजारमा यत्तिको प्रतिस्पर्धा र कयौँ कम्पनी छन् । यस्तो अवस्थामा आम उपभक्ताले गुणस्तर, विश्वसनीयता र सस्तो मूल्यमा राम्रो सुविधा पाउनका लागि सीजी रोज्नुको विकल्प छैन ।”
निकट भविष्यमै आईपी टिभी
हाल इन्टरनेटबाट सेवा विस्तार गरेको सीजीले निकट भविष्यमा आफ्नो सेवा आइपि टिभी लगायतका अन्य सुविधाबाट पनि उपभोक्तालाई प्रधान गर्ने उद्देश्य राखेको छ । सीजीले आफ्नो सेवामा विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोगमा ल्याएको हो ।















प्रतिक्रिया