Logo

करेण्ट लागेर महिलाको मृत्यु



डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका-३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।