कास्कीमा निषेधाज्ञा अवधि थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि हाल कायम आदेशका सम्पूर्ण बुँदा यथावत राख्दै निरन्तरता दिएको हो । अब निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्म कायम रहने छ । अघिल्लो आदेश जेठ २१ गते राति १२ बजे सकिँदै थियो ।
पछिल्ला दिनमा देखिएको कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर विश्लेषण समेतका आधारमा आदेशलाई निरन्तरता दिँदै स्थितिलाई नियन्त्रण लिन बिहीबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयका आधारमा प्रजिअ थानेश्वर गौतमले निषेधाज्ञा अवधि बढाएको बताएका छन् ।
आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।



















प्रतिक्रिया