Logo

अनलाइनपाना खोज

स्थानीय तह निर्वाचन : कुन दलका कति उम्मेदवार ? (सूचीसहित)



स्थानीय तह निर्वाचनमा ७९ दलबाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशन गरेको छ ।

स्वतन्त्र उम्मेदवारहरुको संख्या पनि उल्लेख्य छ ।

आयोगका अनुसार सबैभन्दा धेरै नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।

जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार छन् भने एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ ।

त्यस्तै, स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कुन दलका कति उम्मेदवारहरु ?

नेकपा एमाले

नगर प्रमुख : २६३

नगर उपप्रमुख : २४५

गाउँपालिका अध्यक्ष : ४४६

गाउँपालिका उपाध्यक्ष : ४४५

प्रमुख/अध्यक्ष जम्मा : ७३६

उपप्रमुख/उपाध्यक्ष : ६९५

वडाध्यक्ष : ६,५०६

नेपाली कांग्रेस

नगर प्रमुख : २६५

नगर उपप्रमुख : २११

गाउँपालिका अध्यक्ष : ३८५

गाउँपालिका उपाध्यक्ष : ३५९

प्रमुख/अध्यक्ष जम्मा : ६४७

उपप्रमुख/उपाध्यक्ष : ५७०

वडाध्यक्ष : ६१३२

माओवादी केन्द्र

नगर प्रमुख : १७४

नगर उपप्रमुख : २१४

गाउँपालिका अध्यक्ष : २९०

गाउँपालिका उपाध्यक्ष :३१५

प्रमुख/अध्यक्ष जम्मा : ४६४

उपप्रमुख/उपाध्यक्ष : ५२९

वडाध्यक्ष : ४,४२८

एकीकृत समाजवादी

नगर प्रमुख : १५०

नगर उपप्रमुख : १७७

गाउँपालिका अध्यक्ष : १८७

गाउँपालिका उपाध्यक्ष : १८०

प्रमुख/अध्यक्ष : ३३७

उपप्रमुख/उपाध्यक्ष : ३५७

वडाध्यक्ष : २,४२८

जनता समाजवादी पार्टीं

नगर प्रमुख : १५९

नगर उपप्रमुख : १३८

गाउँपालिका अध्यक्ष : १८९

गाउँपालिका उपाध्यक्ष : १५६

प्रमुख/अध्यक्ष : ३४८

उपप्रमुख/उपाध्यक्ष : २९४

वडाध्यक्ष : २०६९

लोकतान्त्रिक समाजवादी पार्टी

नगर प्रमुख : ९३

नगर उपप्रमुख : ८०

गाउँपालिका अध्यक्ष : ७८

गाउँपालिका उपाध्यक्ष : ५८

प्रमुख/अध्यक्ष : १७१

उपप्रमुख/उपाध्यक्ष : १३८

वडाध्यक्ष : १,०२५

प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार  १० : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।