Logo

थारु भाषाको छोटो  चलचित्र निपुत्र सार्वजनिक (भिडियोसहित) 



थारु भाषाको छोटो चलचित्र निपुत्र सार्वजनिक भएको छ। राजु राजदेव चौधरीले निर्देशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक नि:सन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।

सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानन्द चौधरी,एमडी आलम,आकाश बिक, आकरे पाण्डे,शोभाकान्त चौधरी लगायताका कलाकारहरूले अभिनय गरेका छन्। 

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेव चौधरीको कथा ,कोपी कान्छाको मेकअप ,अनिल शाहको छायाङ्कन,नीरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ।  सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले निस्सन्तान महिलालाई हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ । चलचित्रका अन्य २ पार्टहरू क्रमशः रिलिज हुने निर्माण पक्ष बत्ताउँछ। 

1.PNG

2.PNG

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।