शुक्रबारको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता प्रार्वत गुरुङले अनलाईन मिडियालाई पनि सरकारी लोक कल्याणकारी विज्ञापन दिने निर्णय गरिएको बताएका छन् ।
लोककल्याणकारी विज्ञापनको प्रभावकारी बढ्उनलाई उक्त निर्णय गरिएको उनले बताए ।
यसका साथै, सरकारले आगामी २ वर्ष भित्र देश भरीका सम्पूर्ण शैक्षिक संस्थालाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
उनले भने ‘यस अघि माध्यमिक तहका विद्यालयलाई मात्र यसमा समावेश गरिएको थियो अव समुदायीक विद्यालय, क्याम्पस, मावि, प्रावि र आधारभूत सम्पूर्ण शैक्षिक संस्थामा यो सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ ।’
प्रतिक्रिया