Logo

मंगलबार रातिसम्मकाे माैसम यस्ताे छ



आइतबार मुलुकका पहाडी भूभागमा पानी पर्ने भएकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रधेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। मंगलबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरे स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।