Logo

२५ गतेबाट चिनियाँ खाेप लगाइँदै, काठमाडाैं महानगरले ताेक्याे ३२ वटै वडामा खोप केन्द्र



चीन सरकारकाे अनुदानमा प्राप्त भेरोसेल खाेप अभियान २५ जेठबाट सुरु हुने भएकाे छ। पहिलाे चरणमा ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई खाेप दिइने भएपछि काठमाडाैं महानगरपालिकाले ३२ वटै वडामा खाेप केन्द्र ताेकेकाे छ।

खाेप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार समेत गरिएकाे छ। पहिलाे चरणकाे खाेप अभियान जेठ २९ गतेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एकरएक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो।

चीनले हालै मात्र नेपाललाई १० लाख खाेप उपलब्ध गराएकाे थियाे।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०८:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।