Logo

प्रमुख समाचार

बैंकमार्फत र्खच गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उठेका उम्मेदवारहरुलाई बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

त्यस्तै, आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १२:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।