Logo

कोशी प्रदेश

लिखु गाउँपालिका अध्यक्षका उम्मेदवारलाइ अदालतकाे पक्राउ पुर्जी



ओखलढुङ्गा । एमालेबाट ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत भक्तपुरले कार्कीविरुद्ध ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । यस्तै विष्टविरुद्ध दोहोरो नागरिकतासम्बन्धी मुद्धा पनि अनुसन्धान भइरहेको छ ।

विष्टले जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट मिलनकुमार विष्ट र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएको उजुरी परेपछि अनुसन्धान अघि बढेको हो ।

ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले दोहोरो नागरिकता लिएकोबारे विष्टविरुद्ध उजुरी परेको पुष्टि गरे । त्यसबारे अनुसन्धान भइरहेको उनले बताए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएको पत्र पाउनासाथ उनलाई पक्राउ गरिने प्रहरीशले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  १२ : २६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।