Logo

गोली प्रहारबाट मेडिकल संचालक घाइते  



सिरहा : मिर्चैया नगरपालिका-५ स्थित शिवजी मेडिकलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय राम सागर साफी अपरिचित व्यक्तिको गोली प्रहारबाट शनिबार साँझ घाइते भएका छन् ।

उक्त मेडिकलमा बत्ती गएको अवस्थामा अपरिचित व्यक्तिहरुले २ राउण्ड गोली प्रहार गर्दा साफी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि मंगलम अस्पताल मिर्चैया पठाइएको छ । घाइते साफीको अवस्था मध्यम रहेको छ । 

घटनामा संलग्न व्यक्तिहरुको खोजतलासको क्रममा सोही ठाउँ बस्ने शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।