Logo

आइतबार ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ६६३६ संक्रमण मुक्त



पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३.५ प्रतिशत रहेको छ। 

आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।