Logo

कर्पोरेट फोकस

नबिल बैंकले डाक्यो विशेष साधारणसभा



काठमाण्डौ । नबिल बैंक लिमिटेडले विशेष साधारणसभा डोकेको छ ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले विशेष साधारणसभा आउँदो जेठ ७ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ । नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको छ ।

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले पनि गत फागुनको अन्तिम साता सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

नबिल बैंकले विशेष साधारणसभा प्रयोजनका लागि यही वैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ वैशाख २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै विशेष साधारणसभा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।