Logo

कर्णाली प्रदेश

एमाले नेतृ कोमल ओलीका कार्यकर्ता कांग्रेसमा प्रवेश



तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिका– १४ मा एमाले कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार भएको चुनाबी सभाका क्रममा एमालेका दुई सयभन्दा बढि कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेले पाँच वर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरूले कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

पाँच वर्ष एमालेले बदनामी मात्रै कमाएको भन्दै आफूहरू कांग्रेसमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका हुन् । नवप्रवेशीहरूलाई मेयरका उम्मेदवार एवम् कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीसहितका नेताहरूको पनि उपस्थिति रहेको थियो । एमालेकी नेतृ कोमल ओली चुनावी प्रचार प्रसारमा हिँडिरहेका बेला उनका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ७ : २१ बजे