Logo

सूचना/प्रविधि

पाकिस्तानमा रेल दुर्घटनामा परी २५ जनाकाे मृत्यु



पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २५ जनाकाे मृत्यु भएको छ।

रेडियो पाकिस्तानका अनुसार साेमबार बिहान सिन्ध प्रान्त नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो भने सर सैयद एक्सप्रेस रावलपिन्डीबाट कराचीका लागि छुटेको थियो। दुर्घटनापछि यो ट्रयाकमा आवतजावत रोकिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।